
धादिङ । धादिङको उत्तरी क्षेत्र रुवी भ्याली गाउँपालिका सडक संजालले जोडिए सँगै गत फागुन २६ गतेबाट रुबीभ्यालीबाट काठमाडौं बस सेवा सुरु भएको थियो भने साना २० वटा भन्दा बढी जिपहरुले सेवा विस्तार गरेका थिए ।
रुवी भ्यालीको सेर्तुङ गाउँ सडक संजाल सँग गत माघ मै जोडिएको थियो । सेर्तुङ गाउँ संडक संजालले जोडिए सँगै पुजाआज, डोजर चालकलाई सम्मान गर्दै स्थानीयले खुसीयाली मनाएका थिए ।
वर्षा याम सुरुभएपछि पानीले ग्रामिण सडकहरु बन्द भए । हामी सडक मर्मतको अन्तिम तिर छौं पालिका अध्यक्ष रामसिंह तामाङले धादिङपोष्टलाई बताए । पानीले ग्रामिण सडक ध्वस्त भएका थिए । दशैंमा स्थानीयहरुलाई आवत जावत गर्न यातायातका साधनहरु चल्ले गरि सडक मर्मत गर्ने गाउँपालिकाको निर्णय अनुसार काम अन्तिम चरणमा प्रवेस गरेको अध्यक्ष तामाङले बताए ।
रुवी भ्याली बल्ल त सडक संजाल सँग जोडेका छौं । अब २०४९ सालबाट निर्माण शुरु हुन थालेको साङकोष तिप्लिङ अर्थात दामन पाख्रिन मार्गलाई पूर्णता दिने काममा आफुहरु लागेको उनले बताए । धादिङ जिल्लाको उत्तरी क्षेत्रका दुई दर्जन साविकका गाविसलाई सदरमुकाम धादिङबेसी सँग जोड्ने धादिङबेसी साङकोष तिप्लिङ सडक (दामन पाख्रीन मार्ग) निर्माण र मर्मत सम्भारका नाममा बर्षेनी लाखौं रुपैया खर्च हुने गरेको छ ।
