
धादिङ । रोटरी क्लव अफ धादिङ र शिक्षा विकास तथा समन्वय इकाई धादिङको आर्थिक सहयोगमा निमार्ण भएको नीलकण्ठ नगरपालिका ३ स्थित ईजरा आधारभूत विद्यालयको भवन हस्तान्तरण गरिएको छ ।
“स्वार्थ भन्दा माथि सेवा” भन्ने मूल आर्दश बोकेको रोटरी क्लव र शिक्षा विकास तथा समन्वय इकाई धादिङको आर्थिक सहयोगमा बनेको उक्त विद्यालयको भवन आज एक विशेष कार्यक्रमबीच नीलकण्ठन वडा नं. ३ को वडा अध्यक्ष राजकुमार श्रेष्ठ र रोटरी क्लव अफ धादिङको अध्यक्ष रोटरीयन रोहित भण्डारीले संयुक्त रुपमा ईजरा आधारभूत विद्यालयको प्रधानाध्यापक अम्बिका अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रम रोटरी क्लवि अफ धादिङको अध्यक्ष रोहित भण्डारीको सभापतित्वमा संचालन भएको भवन हस्तान्तरण कार्यक्रमा वडा नं. ३ का अध्यक्ष राजकुमार श्रेष्ठको प्रमुख अतिथि रहेको थियो । कार्यक्रममा रोटरी क्लव अफ धादिङको संस्थापक अध्यक्ष धुव्र बहादुर थापा, पूर्व– अध्यक्षहरु कृष्णलाल उप्रेती, भिमबहादुर श्रेष्ठ तथा रोटरीयनहरु, ईजरा आधारभूत विद्यालयका पूर्व– अध्यक्षहरु, शिक्षक शिक्षिका, अभिभावक र विद्यार्थीहरुको सभागिता रहेको थियो ।

