
काठमाडौ । नेपाली जनप्रगतिशील मन्च पश्चिम एसिया क्षेत्रिय समितिको ९ सेप्टेम्बरमा भर्चुअल माध्यमबाट भएको भेला समितिको विस्तार सहित सम्पन्न भएको छ ।
भेलामा पश्चिम एसियाका सात देशहरु इजरायल, कुवेत, ओमन, बहाराइन, साउदी, कतार र युएईका राष्ट्रिय समितिहरुबाट उल्लेखनीय उपस्थिती रहेको थियो । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा प्रवास समन्वय समितिका सह-इन्चार्ज लक्ष्मण पन्तको प्रमुख आतिथ्यता सुरु भएकोे भेलामा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा र सचिव टिबी पाठकको समेत उपस्थिती रहेको थियो ।
नेपाली जनप्रगतिशील मन्च पश्चिम एसियाका संयोजक शनी कुमार ओलीको सभापतित्व र सचिव हरि नेपालीको संचालन गरेका भेलाले विप्लव समर्थित नेकपाको प्रवास स्थित संगठन नेपाली जनप्रगतिशील मोर्चासंग एकता समेत गरेको छ । साथै नेपाल समाजवादी पार्टीमा आवद्ध राज भट्टराई नेपाली जनप्रगतिशील मन्चमा समाहित भएका थिए ।
कतार, साउदी, बहराईन, ओमन, कुवेत र युएईका जनप्रगतिशील मोर्चाबाट एकता प्रक्रियामा आएकाहरुलाई स्वागत गर्दै प्रमुख अतिथी लक्ष्मण पन्तले माओवादीले संविधान सभामार्फत स्थापित गरेका एजेन्डालाई व्यवहारमा लैजानकै लागि पनि माओवादीले जित्नै पर्ने र त्यसको लागि प्रवासी नेपालीहरुको भुमिका महत्वपुणर् रहने बताएका थिए । कार्यक्रमका अतिथी तथा प्रवास समितिका अध्यक्ष ओम शर्माले पश्चिम एसियाको पहलमा भएको एकता अभियान सहरानीय भएको बताउदै यस किसिमको कार्यक्रम सवैतिर हुनुपर्ने बताए । प्रवास समितिका सचिव टिबी पाठकले भेलामा खाडीमा काम गर्ने मजदुरहरुको उल्लेखनीय रहेको बताउदै एकता भेलाले पश्चिम एसियामा नयाँ सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । देश र जनताका लागी जीवनोत्सर्ग गर्ने सहिदहरु प्रति श्रद्धान्जली अर्पण गर्दै सुरु भएको भेलालाई क्षेत्रीय समिति सदस्य जैवी राईले स्वागत गरेका थिए ।
भेलाले नेपाली जनप्रगतिशील मन्च पश्चिम एसिया क्षेत्रीय समितिमा शनी कुमार ओली संयोजक र हरि नेपाली सचिव रहने गरि नेपाली जनप्रगतिशील मोर्चाबाट एकता प्रकृयाबाट आएकाहरुको समेत सहभागितामा क्षेत्रीय समितिको पुनर्गठन गरेको छ । जसको सदस्यहरुमा बाबुराम विश्वकर्मा, शम्भु कुमार वाईवा, लक्ष्मण खनाल, ठाकुर प्रसाद ढुंगाना, प्रिथी छक बुढा, अनिरुद्र जोशी, झकेन्द्र खतिवडा, अरुण गुरुङ, कमल महत, रामचन्द्र वाग्ले, नवराज चौलागाई, बाबुलाल बुढा, युवराज कार्की, विपिन निरौला, प्रेम बिक, अमित गौतम, पुष्प लम्साल, बुद्धि भण्डारी, जय किशोर पोद्दार, युवराज केसी, मीन राज नाथ, कृष्ण लिम्बु, उमेश विक, चक्र तामाङ, पुणर् बिक, मनु मगर, सुजन केसी, राजन श्रेष्ठ, टिकाराम भण्डारी सहित २ जना पछि थप्ने गरी ३३ सदस्सीय समितिको निर्माण गरेको छ ।
समितिको सल्लाहकारमा डिबी क्षेत्री, रमेश भट्ट, रविरमण अधिकारी, होमनाथ शर्मा, जैवी राई, श्रीकृष्ण भट्टराई, कमल शाही, रेशम पौडेल, नारायण रपाल विश्वकर्मा, निमेश गिरी, भीम केरुङ, ई.मोहम्मद एयुव हक , जीवन श्रेष्ठ राजेन्द्र कुमार शर्मा लगायत २ जना पछि थप्ने गरी १५ सदस्य रहने छ ।
भेलामा नेपाली जनप्रगतिशील मोर्चाको तर्फबाट श्रीकृष्ण भट्टराई, मीन राज नाथ, युवराज कार्कीले प्रतिवद्धता मन्तव्य राखेका थिए । त्यसैगरि नेपाली जनप्रगतिशील मन्चको तर्फबाट कमल शाही, लक्ष्मण खनाल, रमेश भट्ट, जीवन श्रेष्ठ, अनिरुद्र जोशी, सुजन केसी, उमेश विकले सम्वन्धित राष्ट्रिय समितिहरुको प्रतिनिधित्व गर्दै मन्तव्य राखेका थिए ।
