माओवादी धादिङ क्षेत्र नम्बर १ द्वारा उम्मेदवार आकांक्षीको नाम जिल्लामा सिफारिस

Avatar photo
Dhadingpost
भदौ १७, २०७९

धादिङ । नेकपा माओवादी केन्द्र धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ को बैठकले प्रतिनीधि सभा सदस्य र प्रदेश क र ख को प्रत्यक्ष तर्फको उम्मेदवार शालिकराम जमकट्टेलको नाम जिल्ला पार्टी कार्यालयमा सिफारिस गरि पठाएको छ ।

बैठकले धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ को सांसदको उम्मेदवारमा एक जना जिल्ला इन्चार्ज समेत रहेका शालिकराम जमकट्टेललाई मात्रै सिफारिस गरेको छ, प्रतिनीधि सभा क्षेत्र नम्बर १ को समानुपातिकमा राजन रेग्मी निशान र र खेम भुजेल, प्रदेश क र ख मा १ भन्दा बढी उम्मेदवारको नाम जिल्ला पाटी कार्यालयमा सिफारिस गरेको छ ।

जसमा यस क्षेत्रको प्रदेश क मा प्रत्यक्ष तर्फ दिपक लामिछाने सुवोध, नारायण लामिछाने नरेश, नकुल थापा करुण र रामचन्द्र रिजालको नाम सिफारिस गरेको छ भने यस प्रदेशबाट समानुपातिकमा कृष्ण रेग्मी, राजकुमार पाठक राम नेपाली, कुमार तामाङ, रामशण सेन्चुरी र बासु बासकोटालाई सिफारिस गरेको छ ।

यस्तै प्रदेश ख मा प्रत्यक्ष तर्फ शालिकराम जमकट्टेल, चन्द्रबहादुर सिलवाल मिलन, पित्तबहादुर डल्लाकोटी हरी, ध्रुव सुवेदी अरुणलाई र समानुपातिकमा संगिता कडेल दिपा, दुर्लभ तामाङ, सुर्य तामाङ र पूर्णिमाया चेपाङ, चेलिमायाँ तामाङ र अर्जुन भुजेलको नाम सिफारिस गरिएको छ ।