धादिङबेसी फागुन ४ । जाडो सकिएर गर्मी मौसमको पुुर्व सन्ध्यामा सुरु भएसँगै आँखाका विरामीहरुको चाप निकै बढेको छ ।
बैशाख १२ गते र २९ गतेको बिनासकारी भुकम्प पछि सदरमुकाम नजिक आई बसोबास गर्ने मानिसहरुमा बढी आखाँ पाक्ने रोग देखा परेको हो ।
भारतले लामो समय सम्म गरेको अघोषित नाका बन्दीका कारण बिरामीहरुलाई आवश्यक पर्ने औषधी र चस्मा समेत अभाव देखिएको छ । नाका बन्दी हटेको बताईए पनि चस्मा र औषधीको समस्य कायमै छ यति बेलै आखााका विरामीहरुको चाप बढेको बताउनु हुन्छ सामुदायिक आँखा केन्द्र धादिङका इन्चार्ज रामसिंह तामाङ ।
भारतले गरेको नाका बन्दी चार महिनाको अन्तरालमा खुले पछि जिल्ला अस्पताल धादिङमा प्रयाप्त मात्रामा औषधी आए पनि चस्मा आउँन भने अझै केही समय लाग्ने तामाङ बताउनु हुन्छ ।
यसै गरी मौसम परिवर्तन हुन लाग्दै गर्दा जिल्लाका अधिकांश क्षेत्रहरुमा आँखा पाक्ने बिमारीहरु देखिएको तामाङले बताउनु भयो । आँखा पाक्ने, नियमित हुने मोतिया बिन्दु र चस्मा लगाउने समस्या भने बिरामीहरुलाई निरन्तर रुपमा मै हुने उहाँको भनाई रहेको छ ।
खासमा आँखा पाक्ने रोग तीन कारणबाट लाग्ने गर्दछ ।
१ क्टेरियाको संक्रमणबाट
२.भाइरसको संक्रमणबाट
३.पित्त अर्थात् एलर्जीको कारणबाट
तर हाल यस क्षेत्रमा देखिएको आँखा पाक्ने रोग भने बढी एडिनो भाईरसका कारण फैलिने गर्छ ।
ब्याक्टेरिया र भाइरसको संक्रमणबाट यो रोग सर्ने गरेपनि यसमा सरसफाईले पनि उत्तिकै भूमिका खेल्ने गर्छ ।
ब्याक्टेरियाको संक्रमणबाट आँखा पाक्दा निक्न लक्षणहरु देखा पर्दछन् –
१. आँखामा भुँस वा धुलो परे जस्तो गरेर बिजाई राख्ने
२. आँखा रातो भई अलिअलि सेतो वा पहेलो चिप्रा वा कचेरा लाग्ने
३. एउटा आँखामा सुरु भई चाँडै नै दोस्रो आँखामा पनि सर्ने
४. बिहान उठ्दा चिप्रा वा कचेराले आँखा टालिने
५. आँखाका ढकनीहरु सुन्निने
६. आँखा अलिअलि चिलाउने आदि लक्षणहरु देखा पर्दछन् ।
ब्याक्टेरियाको संक्रमणबाट सुरु भएको आँखा पाक्ने रोग ३ देखि ४ दिनमा चरम अवस्थामा पुग्ने र त्यसपछि विस्तारै घटेर निको हुदै जाने गर्दछ ।
यस्तै, भाईरसको संक्रमणबाट सर्ने आँखा पाक्ने रोग खासगरी अस्वस्थ्यकर वातावरणमा हुने रहन–सहन गर्ने समुदायमा बढी मात्रामा लाग्ने गर्दछ । साथै एक जनामा यो रोग देखिए सावधानी नअपनाएको खण्डमा एकबाट अर्कोमा सर्दै गएर ब्यापक रुप लिने गर्छ ।
भाइरसबाट आँखा पाक्ने रोग लाग्दा एक्कासी आँखा रातो हुने, सुरुमा आँशु आउने र बिझाउने गर्दछ साथै केही समय पछि गएर आँखाको भागमा रक्तश्रावका धब्बाहरु देखा पर्छ समय मै औषधी नगरीय आँखाको नानी नै गुम्ने सम्भावना पनि हुन्छ ।
ब्याक्टेरिया र भाइरसको संक्रमण खासगरी व्यक्तिगत र वातावरणीय सरसफाईको कमीका कारण हुने र झिंगा, फोहोर हातको औला, साझा तौलिया, लुगा फाटो आदिको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।
व्यक्तिगत र वातावरणीय सफाईमा ध्यान दिने, आँखा र मुख पुछ्न छुट्टा छुट्टै रुमाल वा तौलियाको प्रयोग गर्ने, आँखा पाकेको व्यक्तिहरुसंग सके सम्म लसपस नगर्ने ।
