धादिङमा नेपाल बन्दको आशिंक प्रभाव, सर्बजनिक बस चलेनन्

Avatar photo
Dhadingpost
भदौ ७, २०७९

धादिङ । चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आवह्रान गरेको नेपाल बन्दको धादिङमा आशिंक प्रभाव देखिएको छ । विहानैदेखि नीजि सवारी साधनहरु सञ्चालनमै छन् भने सार्वजनिक यातायात बन्द छन् ।

धादिङबेसीबाट अन्य जिल्लामा चल्ने सार्वजनिक यातायातका साधनहरु चलेका छन् । भने बजारपसलहरु र स्थानीय रटमा चल्ने म्यानिक गाडीहरु भने निर्वाध रुपमा चलेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी धादिङले नेपाल बन्दको पुर्वसन्ध्यामा सोमबार साँझ मसाल जुलुस निकालेको थियो । बन्द कर्ताले राजधानी काठमाडौं छिर्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग स्थित धार्के बजारमा मसाल जुलुस निकालेर बजार परिक्रमा गरि कोणसभा गरेका थिए ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भष्टाचारकोविरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले बन्दको आवह्रान गरेको हो ।

साथै उनीहरुले राज्यको रवैयाको कडा रुपले निन्दा गर्दै यथासिघ्र एमसीसी र एसपिपि, पक्राउ पुर्जी र झुट्ठा मुद्दाको खारेजी, संपूर्ण बन्दीको रिहाई र आकासिँदो महङ्गी नियन्त्रण गर्न माग गरेको छ ।