कांग्रेसले भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने

Avatar photo
Dhadingpost
भदौ ४, २०७९

काठमाडौं । आगामी भदौ १० गते २४ गतेसम्म कांग्रेसले भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसले आसन्न आम निर्वाचनलाई लक्षित गरेर ७७ वटै जिल्लामा हुने यो अभियानमामा पार्टीका प्रतिनिधिहरू खटिने प्रवक्ता महतले बताए ।

उनले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा के–के काम भए भनेर जनतामा प्रस्तुत हुन्छौँ । तालमेल गरेर जाने विषयमा जानकारी लिनेछौँ र यसको आवश्यकताको बारेमा पनि चर्चा गर्नेछौँ ।’ केन्द्रीय प्रतिनिधिहरू तोकिएको ठाउँमा ५ दिनसम्म कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए ।

महतले दोस्रो चरणमा समानुपातिकको उम्मेदवारी दर्तापछि जनताको बीचमा जाने अभियान सञ्चालन गर्ने र निर्णायक अभियान प्रत्यक्ष तर्फका उम्मेदवार तय भएपछि अभियान सञ्चालन गरिने पनि बताए ।