दुई ठूला जलविद्युत आयोजना भारतलाई दिने सम्झौता हुँदै

Avatar photo
Dhadingpost
भदौ २, २०७९

काठमाडौं । चिनियाँ कम्पनीलाई निर्माण जिम्मा दिएपछि भारतले चीनले निर्माण गरेका आयोजनाका विद्युत खरिद गर्न इन्कार गरेपछि आज उक्त जलविद्युत आयोजनाको निमार्णको जिम्मा भारतिय कम्पनिलाई दिन लागिएको छ ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका वेला चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनसँगको सम्झौता रद्द गरि सकेको नेपालले आज भारतको एनएचपीसी कम्पनीलाई निमार्णको जिम्मा दिने गरि संझौता हुन लागेको हो ।

सौंझौता पछि इन्डिकेटिभ जडित क्षमता ७५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना र इन्डिकेटिभ जडित क्षमता ४५० मेगावाटको सेती नदी- ६ जलविद्युत परियोजना निर्माणको जिम्मा भारतिय एनएचपीसी कम्पनीले भउने भएका हुन् ।

समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्ट र एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गर्दैछन् । जुनवेला प्रधानमन्त्री देउवाको उपस्थिति हुनेछ । एनएचपीसी लिमिटेड भारतीय ऊर्जा मन्त्रालयको स्वामित्वमा रहेको जलविद्युत बोर्ड हो । जुन सन् १९७५ मा स्थापना भएको थियो ।