माओवादीसँग एकता गर्न समिति बनाउने नेकपा एसको निर्णय

Avatar photo
Dhadingpost
भदौ २, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि संयोजन समिति गठन गर्ने भएको छ ।

पार्टी कार्यालयमा बुधबार बसेको बैठकले एकता संयोजन समिति गठन गर्नका लागि स्विकृत दिने निर्णय गरेको पार्टीका उपमहासचिव डा.गंगालाल तुलाधरले जानकारी दिए ।

तुलाधरले भने, ‘पार्टी एकता संयोजन समिति बनाउने वा कार्यगत एकताका विषयमा छलफल अघि बढाएका छौं । उम्मेदवारी चयनका लागि कार्यविधि पारित गरेको छ ।’ उनले भदौ ९ गते पार्टी स्थापना दिवस मनाउने निर्णय भएको बताए ।

दुई दिनअघि माओवादी केन्द्रको सचिवालय बैठकले डा.बाबुराम भट्टराई र बामदेव गौतमलाई आफ्नै पार्टीको निर्वाचन चिन्हबाट निर्वाचनमा सहभागी गराउने निर्णय गरेको दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिष्टलाई जोडेर नेकपा समाजवादी केन्द्र निर्माण गर्ने बताएका थिए ।