
धादिङ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) भदौ २ गते विहिबार धादिङको विकट बस्तीमा आफ्ना कार्यकर्ताहरुले निमार्ण गरेको विद्यालय भवन उद्घाटन गर्न धादिङ भएका छन् ।
अखिल क्रान्तिकारी उपत्यका इन्चार्ज अटल शर्माले धादिङपोष्टलाई जनाए अनुसार नेकपा कार्यकर्ताहरुले ४० देखि ५० जना बालबालिकाहरु स्कुल जानबाट बन्चित रहेको बेनीघाट रोराङ वडा नम्बर १ स्थित च्यात्रामा भवन निमार्ण गरे सँगै उक्त भवन उद्घाटन गर्न विप्लव धादिङ आउन लागेका हुन् ।
नेकपा कार्यकर्ताहरुले गाउँपालिकाको समन्वयमा भवन निमार्ण गरे सँगै शिक्षक नियुक्तिका लागि गाउँपालिका अध्यक्ष कृष्ण थपलिया (विवेक) सकारात्मक छन् । अब विद्यालय भवन बने सँगै च्यात्रा गाउँमा रहेका चेपाङ र तामाङ बालबालिकाहरुले पढ्न पाउने शर्माले बताए ।
