
धादिङ । तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धको क्रममा धादिङ जिल्लाबाट ११० भन्दा बढी जनाले सहादत प्राप्त गरेका छन् । यहि सहादत प्राप्त गर्ने सहिदहरुको नाम मध्य एक नाम हो, रिता श्रेष्ठ (रेजिना) ।
नीलकण्ठ नगरपालिका १४ साविक धुवाँकोट ७ निवासी गुठीगाउँ निवासी रेजिना श्रेष्ठले माओवादी जनयुद्धमा होमिए सँगै आजैका दिन अर्थात २०५९ भदौ ५ गते तात्कालिन शाही सेनाले गोली हानी हत्या गरेको थियो ।
ताराको संक्षिप्त जिवनी
धादिङ जिल्ला नीलकण्ठ नगरपालिका १४ धुवाकोट गुठीगाउँमा बाबा कृष्ण प्रसाद र आमा तारा देवि श्रेष्ठको चार सन्तान मध्ये तेस्रो सन्तानको रुपमा २०४० श्रावण १२ गते रेजिना जन्मनु भएको थियो ।
उहाँको, दाजु मोहन कुमार, एक दिदी र भाई सुर्य कुमार हुनुहुन्छ । उहाँले धुवाकोटको सरस्वती माध्यामिक विद्यालयबाट एसएलसि उत्रिर्ण गर्नुभयो । सानै देखि असाध्य नरम, लज्जालु, मिलनसार रेजिना कसै सँग पनि झै झगडा गर्ने र रिसाउने गर्नु हुन्नथ्यो । धुवाकोट गुठी गाउँमा रेजिना ईमान्दार र प्यारी छोरीको रुपमा चिनिनु हुन्थ्यो ।
विद्यार्थी कालदेखि नै उहाँ अखिल क्रान्तिकारी आवद्ध रेजिनाको परिवार पहिले देखिनै जनमोर्चा हुदै माओवादीमा आवद्ध हुनुभएको थियो । सानै देखि महिला विरुद्ध हुने भेदभावको विरोध गर्ने रेजिना २०५७ साल पौष ५ गते जनयुद्धमा पुर्णकालिन हुनुभयो ।
- धादिङमा भदौ महिनाका आठ सहिद (विवरण समेत)
- जनयुद्धमा धादिङमा कहाँ के भयो ? दस्तावेज
- धादिङमा जनयुद्धका सहिद तथा वेपत्ताकाे नाम
विद्यार्थीको इकाई कमिटी हुँदै सक्रिय बनेकी रेजिना विस्तारै फौजी संगठनमा पनि आवद्ध हुनुभयो र स्क्वायर्ड सह कमाण्डर बन्नु भयो । वि. स. २०५८ साल देखि लापाली जनसाँस्कृतिक कलाकारमा आवद्ध रेजिना कलाकारको जिल्ला सदस्य हुनुभयो ।कलाकार कै क्षेत्रिय सदस्य समेत बन्नुभएको रेजिनाको नृत्य, गायन, र संगितको क्षेत्रमा पनि त्यतिकै अगाडी हुनुहुन्थ्यो । आधारभुत फौजी साथै कलाकारिता सम्बन्धि थुप्रै तालिम लिनुभएको रेजिना युद्धमा पनि त्यतिकै कुशल हुनुहुन्थ्यो ।
उहाँ नुवाकोटको तारुका, धादिङको दार्खा चौकी आक्रमणमा सहभागी हुनुभयो । थुप्रै मसाल जुुलुस, फायर जुलुस , सेवोटेजमा सहभागी रेजिना एउटा निडर कुशल कलाकार साथै राम्रो महिला नेतृत्वको रुपमा स्थापित नेतृ हुनुहुन्थ्यो ।
२० वर्षीया रीता श्रेष्ठलाई माओवादीको आरोपमा ०५९ भदौ १ गते रुबीभ्याली गाउँपालिका स्थित लापामा वास बसेको घरबाट निस्कने वित्तिकै शाही सेनाले पक्रेर केही पर लगेर खुट्टामा गोलि हानी, चरम यातना दिएर पार्टी विरुद्ध सम्पुर्ण पोल खोल्ने कोसिस तात्किालिन सेनाले गरे तर रेजिना कत्ति पनि झुक्नु भएन, झनै चरम यातना दिइयो । दानविय व्यावहारको कडा प्रतिवाद गर्नुभयो, रेजिनाले । फलस्वरुपः सोही स्थानमा वि. स. २०५९ भदौ १ गते तात्कालिन सेनाले गोली हानी हत्या गरे सँगै रेजिनाको भौतिक शरीर अन्त्य भएको थियो ।
