धादिङ नुवाकोट समाज यूकेको समर भेटघाट सकियो, फुटबल देखि अवार्ड सम्मका कार्यक्रम भए

Avatar photo
Dhadingpost
साउन १६, २०७९

धादिङ । धादिङ नुवाकोट समाज यूकेले शनिबार लन्डन फेल्थाममा आफ्नो वार्षिक समर भेटघाटको अवसरमा फुटबल प्रतियोगिता देखि अवार्ड सम्मको कार्यक्रम सम्पनन गरेको छ । भव्य रुपमा गरिएको उक्त समर भेटघाट कार्यक्रममा मनोञ्जन दिन नेपालबाट चर्चित कलाकार समेत लण्डल पुगेका थिए । शनिबार बिहान समाजले आयोजना गरेको फुटबल प्रतियोगिता युथ र भेट्रान्स गरि ६ टिम सहभागि थिए ।

थमु गुरुङ र राजु मम्बाको संयोजनामा भएको उक्त फुटबल प्रतियोगितामा अजय तामाङको टिम विजेता बन्यो। विजयी टिमलाई अध्यक्ष धन तामाङले धादिङ नुवाकोट समाज कप, तीनसय पाउण्ड र ट्रफी प्रदान गरेका थिए । यस्तै कृष्ण पाख्रिन र सन्तोक गुरुङको सञ्चालन भएको दोश्रो सत्रको सांस्कृतिक कार्यक्रममा ने लोकगायिका अस्मिता डल्लाकोटी, गायक विशाल रायमाझी र ख्यातिप्राप्त मोडल तथा डान्सर रिना थापा मगरले बजोड प्रस्तुति दिए । साथमा स्थानीय कलाकारहरु ओम गुरुङ, कृष्ण पाख्रिन, अनिल गुरुङ, बिरु गोन्जा लगायतले गायन र स(साना नानीहरु सरस्वती, खुस्बु, लक्ष्मी, कृषाले विभिन्न नाच समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बेलायतका ५२९ वटा संघसंस्थामध्ये दुई जिल्ला धादिङ र नुवाकोटका वासिन्दा एकै ठाउंमा आएर समाज गठन हुनुले एकताको सन्देश दिएको बताएका थिए । एनआरएनए आइसीसी उपमहासचिव रामशरण सिम्खडाले स्थापनाको डेढ दशकमा संस्थाले हरेक अप्ठेरोमा मातृभूमिका लागि सहयोगका हात फैलाएको बताए । उनले भर्खरमात्र प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित भएको अवगत गराउंदै यसले गैर आवासीय नेपालीको नेपालमा सम्पत्ति सुरक्षा प्रत्याभूति र मातृभूमिसंग जोड्ने बताए ।

समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार बमबहादुर गुरुङले पनि संस्थाका गतिविधिबारे चर्चा गरेका थिए । कार्यक्रममा उपाध्यक्षहरु मोतीमान बज्राचार्यले ‘हेल्थ एण्ड सेफ्टी’ ब्रीफ र गोलबहादुर तामाङले स्वागत मन्तव्य दिएका थिए । समाजका महासचिव बुद्धिबहादुर तामाङले सञ्चालन गरेको औपचारिक कार्यक्रमका अवसरमा प्रमुख अतिथी काउन्सिलर गुरुङ र समाजका अध्यक्ष तामाङले बेलायती विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान प्रदान गरे ।

धादिङ नुवाकोट समाज यूकेका अध्यक्ष धनबहादुर तामाङले कार्यक्रम भव्य बनाउन सहयोग गर्ने प्रायोजक, कलाकार, मिडिया र सहयोगी सबैप्रति आभार व्यक्त गरेका थिए । धन्यावाद दिँदै उनले भने,
सम्पूर्णमा हार्दिक नमस्कार एवं शुभ बिहानी,
हाम्रो धादिङ नुवाकोट समाज युकेको सफलता पुर्बक सम्पन्न बार्षिक समर भेटघाटमा उपस्थित हुनु भएका सम्पूर्ण सदस्य ज्यूहरुलाई हार्दिक धन्यबाद दिन चाहन्छु । तपाइहरुको उपस्थिति बिना हाम्रो कार्यक्रम सफल हुने नै थिएन । आशा छ तपाइहरुले भरपुर मनोरंजन लिनु भयो होला ।

कार्यक्रमलाई सफल पार्न अनवरत रुपमा प्रतक्ष र अप्रत्यक्ष रुपमा दिन रात खट्नु हुने सस्थाका सम्पूर्ण सदस्य साथीहरुलाई धन्यबाद छ । स्वयं सेवकको रुपमा खटेर कार्यक्रमलाई निरन्तर रुपमा सहयोग गर्नु भएका महिला समुहका अध्यक्ष इश्वरी तामङ, मिरा तामाङ रत्न गुरुङ, सुरथा तमङ, तुल माया तमाङ, रोशना तामाङ, मनु तामाङ, लक्ष्मि तामाङ र राध गुरुङ, डुनिल तामाङ , फूटबललाई सफलता पुर्बक सम्पन्न गर्ने खेलाडी ज्युहरु, संयोजक थमु गुरुङ, राज मम्बा, आफ्नो कला प्रस्तुत गरि हामीलाई मनोरंजन गर्नु हुने ओम गुरुङ, संस्कृतिक कार्यक्रम संचालक कृष्ण पर्ख्रिन ज्यु र सन्तोक गुरुङ, आफ्नो सुन्दर नृत्य प्रस्तुत् गर्ने साना नानीहरु सरस्वती, खुस्बु, लक्ष्मी, कृषा, अनिल गुरुङ र बिरु गोन्जालाई पनि बिशेष धन्यबाद । सपुर्ण Graduates र आजीवन सदस्य ज्यूहरुलाई पनि बधाई सहित धन्यबाद छ । प्रवेशद्वारमा शुरु देखि अन्त्य सम्म खटिनु भएका कोषाध्यक्ष शेर पाख्रिन, दल गुरुङ, श्याम घले ज्यु, द्रिंकमा खट्नु भएका द्रिंक IC ज्ञान दाई र कान्छी दिदी अनि परिवारलाई पनि धन्यबाद छ । हललाई सुन्दरतापुर्बक सजावटमा अग्र भूमिकामा रहेर खट्नु हुने सल्लाकार राम दाइ, गोल दाइ, तुल मामा, पेम्बा ज्यु, प्रकाश जेठान र समस्त फेल्थम परवारलाई जति धन्यबाद दिए पनि अपुग हुन्छ , तै पनि धन्याद स्विकार्नु होला । अन्तिममा हल सरसफाईमा साथ् दिनु हुने सुर्य दाइ, देवान ज्वाई, कृष्ण आस्यंग, धनबिर भाई र अन्य साथीहरुलाई पनि धेरै धेरै धन्यबाद l

सम्पूर्ण प्रायोजक ज्यूहरुलाई मुरी मुरी धन्यबाद l
आमत्रित सम्पूर्ण अतिथि ज्युहरु, पत्रकार ज्युहरु बिशेश गरि नवीन पोख्रेल ज्यु र नरेन्द्र बस्नेत ज्यु , धादिङ नुवाकोट समाज यु केलाई सधैं नजिक बाट हेर्नू हुने धादिङपोष्टका प्रधान सम्पादक नारायण सिलवाल, DJ बिशाल ज्यु, क्यामेरा पर्सन राज तामङ, अजय तामाङ, धनु गुरुङ (हामी फोटो र भिडियोको पर्खाईमा छौ है) लाई बिर्सने कुरै भएन – धन्यबाद छ । हामीले नेपालदेखि आमन्त्रण गरेका कलाकारहरुको अनुपस्थितिमा पनि हाम्रै धादिंगकी चेली लोक दोहोरी गायिका अस्मिता डल्लाकोटी र लोक दोहोरी गायक बिशाल रायमाझी ज्युको प्रस्तुतिमा यहाँहरुले दिनु भएको माया, सद्भाव सहभागिता हेर्दा कार्यक्रम राम्रो भएको र सबैले प्रसस्त मनोरंजन लिनुभएको आभास भएको छ, सबैलाई पुन: धन्यबाद दिन चाहन्छु।
कार्यकम संचालन गर्ने क्रममा कुनै त्रुटी र औपचारिकता पुर्याउन सकिएन छ भने नियतबस नभई मानवीय त्रुटी सम्झी क्षमा गरि दिनु हुन बिनम्र अनुरोध गर्न चाहन्छु।
जय धादिङ नुवाकोट समाज यु के
धादिङ नुवाकोट समाज युके