
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आफ्नो पार्टी बिग्रिएको र अब सुध्रने दावी गरेका छन् । प्रेस सेन्टरका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा बोल्दै महराले अब माओवादी केन्द्र सुध्रने दावी गरेका हुन् ।

‘हामीले जनता बिर्सियौं । सहर ताक्न थाल्यौं । पैसा कहाँबाट आउँछ भन्नेमा मात्रै लाग्यौं । हामीलाई अहिले पदमात्रै चाहिएको छ यसले गर्दा नै पार्टी विग्रिएको हो । अब पार्टीलाई सुदृढ गरिने महराले बताए ।
नेता महराले साउन १३ र १४ गते काठमाडौंमा सम्पन्न प्रेस सेन्टरको दोस्रो पूर्ण बठकबाट निर्वाचित ६१ जना कार्य समितिका पदाधिकारीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । फाईल फोटो

