धादिङका पाठक गणित शिक्षा परिषदकाे केन्द्रीय सदस्यमा चयन

Avatar photo
Dhadingpost
साउन १५, २०७९

धादिङ । त्रिपुरासुन्दरी गाउपालिका स्थित अचने माध्यामिक विद्यालयका गणित शिक्षक नवराज पाठक गणित शिक्षा परिषदकाे केन्द्रीय सदस्यमा चयन भएका छन् ।

परिषदकाे आठाैं महादिवेसनबाट धादिङबाट एक जना पाठक सदस्यमा चयन भएका हुन् । महाधिवेशनले परिषदकाे अध्यक्षमा प्रा. डा. हिराबहादुर महर्जन, सहअध्यक्षमा प्रा. डा. लेखनाथ शर्मा, वरिष्ठ उपाध्यक्षमा प्रा. उमानाथ पाण्डेय, उपाध्यक्षमा प्रा. डा. मुकुन्द प्रकाश क्षेत्री र रमेश प्रसाद अवस्थी, महासचिवमा हरि प्रसाद घिमिरे, प्राज्ञिक सचिवमा कृष्णचन्द्र पाैडेल, प्रशासनिक सचिवमा रचना जाेशी र काेषाध्यक्षमा उमा मान्धर रहने गरि १८ सदस्यीय नयाँ केन्द्रीय समिति बनाएकाे छ ।

देशभर शाखा विस्तार गरि रहेकाे यस गणित शिक्षा परिषद धादिङ शाखाले विगत देखि नै गतिविध गरिरहेकाे छ । धादिङ शाखाकाे अधिवेशन गत फागु २८ गते सम्पन्न भएकाे थियाे । धादिङको उक्त चौंथो जिल्ला अधिवेशनबाट प्रयास रेग्मी जिल्ला अध्यक्ष, उपाध्यक्षमा चेतनारायण श्रेष्ठ, सचिवमा पुन: उत्तम भट्ट र कोषाध्यक्षमा देवकुमारी दनै, सदस्यहरुमा नवराज नेपाल, कृष्ण नारायण श्रेष्ठ, सुजन भण्डारी, केवी राउत, रमेश गुरुङ, सुनिता सिलवाल (रेग्मी) सर्वसम्मत निर्वाचित भएका थिए ।

x