युवतीको जलाइएको शव भेटियो, आमा पक्राउ

Avatar photo
Dhadingpost
साउन १३, २०७९

पर्सा । पर्साको जिराभवानी गाउँपालिका- १, भवानीपुरका खेमराज दासकी छोरी २० वर्षीया सीमा कुमारीको शव गाउँ नजिकैको जंगलमा जलाएको अवस्थामा भेटिएको छ।

मृतक युवतीका छिमेकीका अनुसार सीमा र गाउँकै यादव थरका एक युवकबीच केही समयदेखि प्रेम सम्बन्ध थियो । एक हप्ता पहिले दुवै बिहे गर्नका लागि घर छाडेर भागेका थिए । त्यसपछि युवतीका अभिभावकले सम्झाइबुझाइ गरी सीमालाई घर फर्काएका थिए ।

प्रहरीले मृतककी आमालाई नियन्त्रणमा लिएको छ । उनका बुबा खेमराजसहित परिवारका अन्य सदस्य फरार भएका छन् । मृतककी आमालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको र परिवारका अन्य सदस्यहरूको खोजी भइरहेको प्रहरीले जनाएकाृ छ ।

प्रहरीका अनुसार मृतककी आमाले छोरीले घरमै पासो लगाएर आत्महत्या गरेकाले प्रहरीको डरले आफूहरूले कसैलाई थाहा नदिई जंगलमा लगेर शव जलाएको बयान दिएकी छिन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।