प्रेस सेन्टरको आज बस्ने बैठकले पदाधिकारी चयन गर्ने

Avatar photo
Dhadingpost
साउन १३, २०७९

धादिङ । प्रेस सेन्टर नेपालको आज (साउन १३ र १४ गते) काठमाडौंमा बस्ने केन्द्रिय समितिको बैठकले पदाधिकारी चयन गर्ने बताईएको छ ।

गत मंसिर १८–१९ मा चितवनमा चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको प्रेस सेन्टरले अध्यक्षमा सर्वसम्मत विष्णु सापकोटालाई अध्यक्ष बनाउँदै पधादिधिकारी चयन गर्ने जिम्मा केन्द्रिय समितिलाई दिएको थियो ।

महाधिवेशन भएको ९ महिना पछि सेन्टरको पहिलो बैठक आज र भोली काठमाडौंमा बस्न लागेको यस बैठकले पदाधिकारी चयन गर्ने बताईएको छ ।