श्रीमतीको हत्या गरी छतबाट हामफाल्ने श्रीमानको पनि मृत्यु

Avatar photo
Dhadingpost
साउन ९, २०७९

काठमाडौं । चितवनको जिल्लाको भरतपुर महानगरपालिका वडा नं। १० रमाईलो चोकमा श्रीमतीको हत्या गरि घरको छतबाट हामफाल्ने श्रीमानको मृत्युभएको प्रहरीले जनाएको छ ।

३५ वर्षीया श्रीमती रुस्मा घिमिरे (आचार्य) लाई खुकुरी प्रहार गरी हत्या गर्ने श्रीमान ४३ वर्षीय कृष्णप्रसाद आचार्यले हत्या गर्ना साथ छतबाट हाम फालेका थिए । उनको समेत मृत्यु भएको प्रहरीले जनाएको हो ।

राति १० वजे घरमा बसेर मोबाईल हेरिरहेको समयमा पछाडीबाट आचार्यले श्रीमती माथि खुकुरी प्रहरा गरेका थिए । घाइते श्रीमतीको उपचारको लागि अस्पताल लैजादा मृत्यु भएको हो भने । श्रीमतीलाई आक्रमण गरेलगतै घरको छतमा पुगी श्रीमान कृष्णप्रसाद आचार्यले हाम फालेका थिए । घाइते भएका आचार्यको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।