धादिङका इश्वर गुरुङ सहभागि यु-२० साफ च्याम्पियनसिप खेल्ने टोलीलाई बिदाइ

Avatar photo
Dhadingpost
साउन ६, २०७९

धादिङ । धादिङ खनियाबास निवासी इश्वर गुरुङ सहभागि रहेको यु-२० साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ । नेपाली टिम आज ३ बजे भारत प्रस्थान गर्ने छ ।

नेपाल अखिल फुटबल संघ (एन्फा) का पदाधिकार तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले २३ खेलाडी र ८ अफिसियल सहितको टोलीलाई विदाइ गरेका हुन् ।

नेपालले च्याम्पियनसिपको पहिलो खेल ११ साउनमा श्रीलंकासँग खेल्नेछ । त्यस्तै दोस्रो खेल १५ साउनमा भारत तथा १७ साउनमा बंगलादेशसँग खेल्नेछ । सिंगल राउण्ड रोविनको खेलपछि अंकतालिकामा शीर्ष दुईमा रहने टोलीले २० साउनमा फाइनल खेल्नेछन् ।

नेपाली टिम
गोलरक्षक: ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख
डिफेण्डर: अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सिर्जन दानी, रोशन थापा, अभिशेक वाइबा
मिडफिल्डर: दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
रवार्ड: रोहित सुब्बा, निरन्जन मल्ल, रोहन खड्गी ।