धादिङका इश्वर गुरुङ यू–२० को राष्ट्रिय टोलीको ३० मा छनोट

Avatar photo
Dhadingpost
आइतवार, असार १९, २०७९

धादिङ । नेपाली यू–२० टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आसन्न साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोटको लागि पहिलो चरणमा छानिएका ४० जना मध्य फेरि दोस्रो चरणबाट ३० खेलाडीलाई छनोट गरेका छन् ।

पहिलो चरणको छनोटमा १ नम्बरमा रहेका धादिङ खनियाबासका इश्वर गुरुङ दोस्रो चरणमा समेत छनोट भई राष्ट्रिय टिमको ३० जना भित्र पर्न सफल भएका छन् । एक महिनाको प्रशिक्षणपछि प्रशिक्षक केसीले १० खेलाडी कटौती गर्दै दोस्रो चरणमा ३० खेलाडी छनोट गरेका हुन् ।

यू–२० साफ च्याम्पियनसिप भारतमा २५ जुलाईदेखि ३ अगस्टसम्म हुँदैछ । नेपालले माल्दिभ्ससँग २५ जुलाईमा, श्रीलंकासँग २७ जुलाईमा, ३१ जुलाईमा भारत र २ अगस्टमा बंगलादेशसँग खेल्ने तालिका छ ।

यस्तै बहराईनमा सेप्टेम्वर १० देखि १८ सम्म हुने एएफसी यू–२० एसियन कप छनोटमा नेपालले कतार, बहराइन, बंगलादेश र भुटानसँग खेल्नेछ । भुटानसँग १० सेप्टेम्वर, १२ सेप्टेम्वरमा कतार, १४ सेप्टेम्वरमा बहराइन र १८ सेप्टेम्वरमा बंगलादेशसँग खेल्ने तालिका छ ।

दोस्रो चरणमा रहेका ३० खेलाडी
गोलरक्षक: ईश्वर गुरुङ, युनेश चौधरी, सौरभ कार्की र जियारथ शेख
डिफेन्डर: अकिव हक्यु, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमन श्रेष्ठ, आश्विन भट्टराई, श्रीजन दानी, रोहन थापा र राज थोकर
मिडफिल्डर: अभिषेक वाइवा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, सन्जीव लामा, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, प्रितन स्याङतान, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान
फरवार्ड: दिपेश राई, निराजन मल्ल, रोहन खड्गी र रोहित सुब्बा