एनएफपिजे फुट्सल प्रतियोगीतामा धादिङ उपविजेता

Avatar photo
Dhadingpost
असार २५, २०७९

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं बार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुट प्रतियोगितमा हाम्रो फुट्सल पत्रकार टिम काठमाडौं सँग पराजय हुदा उपविजता बनेकाे छ ।

स्वस्तीश्री गुरुकुल विद्यालय सानाे भर्याङ स्वयम्भूमा भएकाे खेलमा १२ वटा टिम सहभागी भएका थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टीम विच प्रतिस्प्रधा भएको थियो ।

उक्त कार्यक्रममा वरिष्ठपत्रकार ऋषि धमलाको टिम , सिलापत्र, गोरखापत्र,रासस,हाम्रो जन्मभूमि,नियात्रा टिभि रेडियो पर्यावरण ,फोटोपत्रकार सघ धादिङ लगायत हाम्रो फूटसल टिम , गुरुङ पत्रकार सघ लगायतका टिमहरु सहाभागीता रहेको थियो ।

त्यसै गरि दोस्रो चरणमा जितेर आएको ६ वटा टीम खेलेका थिए । सेमी फाइलनमा धादिङ फोटोपत्रकार समूह टीम र एटजोन गुरुङ पत्रकार टिम विच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले वाइ पाएर सिधै फाइनलमा पुगेको थियो ।

सेमिफाइनलमा एटजोनलाई हराएर आएको धादिङ टीमलाई २ का विरुद्ध ४ गोल अन्तरले हराउँदै हाम्रो फुटसल पत्रकार टीमले उपाधि हात पारको थियो । १५ मिनेटको खेलमा हाम्रो फुटसल टीमका बासु अवाल र आसिश पुडासैनीले २, २ गोल गरेका थिए । म्यान अफदी म्याच बासु अवालले पाएका थिए । उत्कृष्ट गोलकिपर धादिङ फोटोपत्रकार सघंका श्रीकष्ण भण्डारी ले पाउन सफल भए । साथै विजेताहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र सस्थाका अध्यक्ष प्रदीपराज वन्तले वितरण गर्नुभएको थियो । उत्त कार्यक्रममा वोल्दै सास्थाका अध्यक्ष प्रदिपराज वन्तले राष्टिय फोटोत्रपकार समूहको सस्थाको २५र्औ स्थापना दिवसको अवसरमा पत्रकार तथा फोटोपत्रकारहरु विच भाइचाराको सम्वन्ध रहोस भन्ने हेतुले उक्त कार्यक्रम गरिएको बताए ।