
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे ।
समितिलाई सत्यतथ्य छानबिनका लागि आफूले पूर्ण सहयोग गर्ने पनि उनले बताए । छानबिन समितिको प्रतिवेदनपछि आफू यसैगरी रोष्टममा उभिएर जवाफ दिने मन्त्री शर्माको भनाई छ ।
