पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढ्यो

Avatar photo
Dhadingpost
असार २१, २०७९

काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य वृद्धि गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा ९–९ रुपैयाँ बढाएको हो ।

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हवाई इन्धनको अन्तरिकतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढेको छ । बढेको मूल्य अनुसार पेट्रोल अब लिटरको १८१ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेल १७२ रुपैयाँ पुगेको छ । हवाई इन्धन आन्तरिकतर्फ १९० रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।