बागमतीका मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

Avatar photo
Dhadingpost
असार १८, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्य मन्त्री राजेन्द्र पाण्डेले तत्काल राजिनामा नदिने निष्कर्ष निकालेको छ ।

बागमती प्रदेशको सत्ता परिवर्तन गर्न कांग्रेस र माओवादीले चलाएको हस्ताक्षर अभियानको कुनै तुक नभएको उपनेता कृष्ण खनालले बताए । हस्ताक्षरको कुनै अर्थ छैन । प्रदेश सरकार परिवर्तन गर्ने नगर्ने केन्द्रीय गठबन्धन कुराभएको उनले बताए ।

बैठकको निकर्षको विषयमा जानकारी गराउँदै उपनेता खनालले भने नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने निर्णय भएको छ ।

उनले भने ‘केन्द्रीय गठबन्धनले जे फैसला गर्छ त्यही हुन्छ । तलका हल्लाले केही फरक पर्दैन, ‘केन्द्रीय गठबन्धनले मिलाएर जाउँ भनेमा मुख्यन्त्रीले राजीनामा दिनुहुन्छ नत्र राजीनामा सम्भव छैन ।’