
धादिङ । जिल्ला प्रशासनको छेवैमा रहेको धादिङबेसी सदरमुकामका युवाहरुले दैनिक खेल खेल्ने खेल मैदान, खुल्ला मञ्चको नामले चिनिने खेल मैदान हो । यस मैदानको स्तरउन्नतीका लागि न प्रदेश सरकार न स्थानीय सरकारले नै चासो देखाएको छ । प्रदेश सरकारले धादिङ ५० भन्दा बढी खेल मैदानमा ५ लाख देखि १ करोड सम्म वजेट विनियाेजन गर्दा यो मैदानलाई देखेन ।
अहिले १० चक्के ट्रिफर, ट्याक्टरको लोड अनलोड स्थल मात्रै हैन विभिन्न मुद्धामा अल्झिएका गाडीहरु समेत यहि खेल मैदानमा राखिने गरिएको छ । यहाँ खेल्ने खेलाडीको आवाज न प्रशासनले सुन्छ न नगरपालिकाले वर्षा याममा पानीका कारण हिलो हुने यस खेल मैदानमा निमार्ण सामाग्री बाक्ने १० चक्के ट्रक र ट्याक्टरका टायरले खेल मैदान विगारी दिएको मात्रै हैन त्याहाँको रातो माटो तिनै गाडीका टायरले क्याम्पस चोक सम्म कालो पत्रे छोप्ने गरी ल्याएका छन् ।
धादिङबेसीका विभिन्न विधाका खेलाडीहरुले विभिन्न समयमा खेल मैदान सुधारका लागि वजेट विनियोजन गर्न नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानालाई अनुरोध गरेका थिए र मेयर ढुङ्गानाले वजेट विनियोज गर्ने बताएका पनि थिए । तर मैदानको अवस्था सुधार आएन । नव निर्वाचित उप मेयर दिपक विश्वकर्माले भने चालु आर्थिक वर्षमा पनि नीलकण्ठले केहि काम गरेको दावी गरे कामै नभएको हैन मैले अनुगमन गरेर आएको छु नगरपालिकाले उक्त खेल मैदानलाई स्तरउन्नती गर्ने योजना बनाएको धादिङपोष्टलाई बताए ।

अहिले झट्ट हेर्दा क्रसर उद्योग जस्तो देखिने खुल्ला मञ्च स्थित खेल मैदानका कारण जिल्ला प्रशासन देखि क्याम्पस चोक सम्मको कालो पत्रे सडक हिलोले छोपिन सुरु हुँदा समेत सीडीओ, नगर प्रमुखले देखे नदेखे जस्तो गरिरहेका छन् । यस विषयमा वडा अध्यक्ष राजकुमार श्रेष्ठ भन्दछन्, आज सीडीओ कहाँ जान्छु निमार्ण सामाग्री र मुद्धाका कारण थन्किएका गाडी पार्किङ गर्ने ठाउँ त्यो हैन खेलाडीहरुले खेल्ने काममा अवरोध हुनुहुन्न ।
