
धादिङ । धादिङमा राजु लामाको अध्यक्षतामा ११ सदस्यी रग्बी संघ धादिङ गठन भएको छ । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आतिथ्यतामा आज थाक्रेमा सम्पन्न भेलाले राजु लामाको अध्यक्षतामा रग्बी संघ गठन गठन गरेको हो ।
रग्बी संघ धादिङको उपाध्यक्षमाद्वय नवराज त्रिपाठी र राजेश मल्ल, सचिवमा पुजा थापा, कोषाध्यक्षमा रोहित थापा चयन भएका छन् । यस्तै सदस्यहरुमा जुनु घलान लामा, सन्तबीर तामाङ, दिपक तामाङ र दिपेश श्रेष्ठ चयन भएका छन् ।
भेलाका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले धादिङमा खेलकुदको विकासले छलाङ मार्दै गरेको दावी गरे । धादिङ अब खेलकुद हव बन्छ, खेलाडी चाहिए धादिङ खोज्न आउने बातावरण बन्छ, भौतिक पूवर्धाभर देखि खेलाडी उत्पादनमा जिल्ला खेलकुदले विशेष प्लान बनाएर लागेको उनले बताए ।
यस्तै कार्यक्रमका विशेष अतिथिद्वय नेपाल रग्बी संघका सचिव गोविन्द घिमिरे र रग्बी संघ महिला विभिाग प्रमुख एवम् महिला टिम क्याप्टेन एलिसा थापाले अब हरेक स्थानीय तह सम्म नै रग्बी संघ गठन गरिने र नियमित रुपमा प्रतियोगिता गरिने बताएका थिए । राष्ट्रिय खेलकुद परिषदमा ३७ औँ नम्बरमा दर्ता भएको रग्बी संघ, एसिया रग्बीमा पूर्ण सदस्यता प्राप्त गर्ने १८ औँ राष्ट्र भएको जानकारी गराउँदै यसको लोकप्रियता बढ्दै गएको उनीहरुको दावी थियो ।
