
काठमाडौं । बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज–२०२२ को रग्बी १५ प्रतिस्पर्धामा नेपालका उप कप्तान विराट श्रेष्ठले कीर्तिमान कायम गर्न सफल भएका छन् ।
कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसँगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रंगशालामा पहिलो रग्बी १५ खेलकेको थियो जित आफ्नो पक्षमा पार्न नसकेपनि नेपालका उप कप्तान ३१ वर्षीय विराटले आफ्नो करिअरको पहिलो स्कोर गर्दै कीर्तिमानी कायम गरेका छन् ।
उनले खेलको ७५ औं मिनेटमा टोलीका अग्ला खेलाडी श्रीरामले मिलाइदिएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै उनी बल लिएर स्कोर लाइनमा डाइभ हानेका थिए ।
नेपालले ७ जना खेलाडीहरुले खेल्ने रग्बी सेभेन मात्र खेल्दै आएको छ । विश्व रग्वी महासंघको मुख्य प्रतियोगिता १५ जना खेलाडीहरुले खेल्ने रग्बी १५ हो । त्यसमा भाग लिएपछि मात्र नेपालले विश्व रग्बी महासंघको पूर्ण सदस्य बन्न पाउँछ । खेलपछि नेपाली प्रशिक्षक टंकराज गिरीले भने, ‘यो ऐतिहासिक उपलब्धिको साक्षी हुन पाउँदा मलाई गर्व लागेको छ । अब नेपालको रग्बीमा अगाडि बढ्ने ढोका खुल्यो ।’
प्रशिक्षक गिरीले पहिलो आधिकारिक प्रतियोगिता खेलेपछि खुशी हुंदै भने, ” रग्बी सेभन खेलेको दशक वढी भइसक्यो । तर आज आएर बल्ल १५ आफ्नै कप्तानीमा खेल्न पाएँ । ज्यादै खुशी छु । अब हाम्रो लक्ष्य रग्बीको डिभिजन ३ खेल्ने हुनेछ।” नेपाल अहिलेसम्म डिभिजन विहिन छ । रग्बी १५ खेलेपछि अब त्यो वाटो खुल्नेछ । बुधवार भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफमा बंगलादेशले जम्मा एक ट्राई (५ अंक) मात्र गर्न सक्यो ।

