धादिङ अस्पताललाई प्रदेशबाट ५ करोड विनियोजन

Avatar photo
Dhadingpost
असार ३, २०७९

धादिङ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि विभिन्न ७ शिर्षक राखेर ५ करोड ७ लाख विनियोजन गरेको छ ।

न्युनतम सेवा मापदण्ड सुधारका लागि ९९ लाख, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमका लागि १८ लाख, साझेदारी तथा विस्तार कार्यक्रमका लागि २० लाख, अस्पताल सेवा विशेष्टीकृत तथा स्तारोन्नतीको लागि ३० लाख, सिटिस्क्यान मेशिन जडानको लागि कोठा निमार्ण ३० लाख भवन निमार्णको लागि ३ करोड र कार्यलय कम्पाउण्ट वाल र शौचालय निर्माणको लागि १० लाख रुपैया गरी ५ करोड ७ लाख जिल्ला अस्पतालका लागि बागमती प्रदेशले विनियोजन गरेको हो ।