बागमती प्रदेशको खेलकुद वजेट, गौतम बुद्ध क्रिकेट रंगशालालाई ५ करोड

Avatar photo
Dhadingpost
असार २, २०७९

धादिङ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेटको सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको बुधबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जप्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेटको सार्वजनिक गरेको छ ।

बागमती प्रदेशसभाको बुधबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेटको सार्वजनिक गरेका हुन् ।

बागमती प्रदेश सरकारले खेलकुद तर्फको वजेटमा भरतपुर महानगरपालिका स्थित अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन ५ करोड रकम विनियोजन गरेको छ । यस्तै दोस्रो वागमती प्रदेश स्तरीय खलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्न ७ करोड विनियोजन गरेको छ ।

धादिङबेसी नीलकण्ठ कभर्ड हल निर्वाणको लागि पनि वजेट विनियोजन गरेको छ । यस्तै प्रदेशको वजेटमा युवा तथा खेलकुद मन्त्रालयको लागि १ अर्व २२ करोड ६५ लाख विनियोजन गरेको छ ।