
धादिङ । जिल्ला समन्वय समिति धादिङको जानकारी लिन उसको आधिकारी अफिसियल वेबसाईट (जिल्ला समन्वय समितिको कार्यालय धादिङ, नेपाल) हेर्नु भयो भने झुक्किनु हुनेछ । एक वर्ष अघि सरुवा भई सकेका दिपेश बिडारी अहिले पनि जि.स.स. धादिङको सूचना अधिकारीका रुपमा देखिन्छन् । उनलाई कल गर्दा हटाउनु भनेको खै हटाउँदैनन् म त सरुवा भईसकेको डेड वर्ष भईसक्यो भन्दछन् ।
जिल्ला समन्वय अधिकारी हरिप्रसाद अर्याल सरुवा भएर गएको महिनौं भई सक्यो नयाँ चेतनाथ अर्याल आएका छन् । तर वेबसाईटमा सच्याईएको छैन । जिल्ला समन्वय समितिको जन प्रतिनीधिहरुको नयाँ सूची खोज्नु भयो भने पनि तपाई झुक्किनु हुन्छ । अनलाईनमा देखिने समन्वय प्रमुख जगननाथ नेपाल, उप प्रमुख बिन्दा बरामु नेपाली ०७४ वाट निर्वाचत जनप्रतिनीधि हुन् । अहिले प्रमुखमा गंगाजमुनाका नवराज अधिकारी र उप प्रमुखमा नीलकण्ठबाट कुलमान विश्वकर्मा निर्वाचित भएर आईसकेका छन् ।
हामीले अनलाईनको दुरदशा र फोन नउठ्ने समस्याको विषयमा हालका समन्वय अधिकारी चेतनाथ अर्याललाई सोधेका थियौं । म काठमाडौं छु, भोली अफिस आएसी थप कुरा गरौला हैं । खासका आईटी हेर्ने कर्मचारी नभएकोले वेबसाईट अफडेट नभएको उनले बताए । फोन चाहि हावाहुरीले डिस्टव गर्यो भन्दै थिए यताबाट जाँन्छ तर घण्टी नबज्ने समस्या आएको उनले बताए ।
यस अघि हामीले धादिङका स्थानीय तहका वेबसाईट अपडेट भएनन्, पुरानै जनप्रतिनीधिको विवरण कायम भनेर समाचार प्रकाशन गरे पनि अधिकांश पालिकाका वेबसाईटहरु आंशिक अपडेट हुनथालेका छन् भने अझै कतिपय पालिकाका वेबसाईटहरुमा जनप्रतिनीधिका विवरण राखेको देखिँदैन ।
