थाक्रेमा करेन्ट लागेर एक महिलाको मृत्यु

Avatar photo
Dhadingpost
जेष्ठ २९, २०७९

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले जनाए अनुसार शनिबार थाक्रे गाउँपालिका वडा नं। १ वस्ने वर्ष ४३ का मिरा घर्ति क्षेत्रीको केन्ट लागेर मृत्यु भएको छ ।

दिउसो मकै गोडेर घर फर्कने क्रममा हाईटेन्सन लाइनले रुखमा छोएको र उक्त रख सँग उनको टच हुनपुग्दा करेन्ट लागेर मृत्यु भएको बताईएको छ ।