गजुरी कार्यपालिका बैठक सकियो, सहिदपार्क बनाउने निर्णय

Avatar photo
Dhadingpost
जेष्ठ २६, २०७९

धादिङ । धादिङको गजुरी गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले सहिदपार्क निर्माण गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले सहिदपार्क बनाउने लगायतका ४ निर्णय गर्दै सकिएको हो ।

बैठकले गरेका ४ निर्णयहरु
१. साविक ३ वटा गाविस (किराञ्चोक, पीडा र गजुरी) का मुल ग्रामिण सडक पक्कि गर्ने ।
२. सबै जातजातिको मरणघाट निर्माण सहित सोलार बत्ती जडान गर्ने ।
३. गाउँपालिका भित्र उपयुक्त स्थान छनोट गरि सहिद पार्क निर्माण गर्ने ।
४. फोहोर व्यवस्थापन गर्ने जग्गा पहिचान गरि खरिद गर्न संघिय सरकार सँग रकम माग गर्ने ।

गजुरीको कार्यपालिमा अध्यक्ष, उपाध्यक्ष, ८ जना वडा अध्यक्ष र २ जना दलित एवम् अल्पसंख्यकबाट निर्वाचित सदस्य र ४ जना महिला सदस्यहरु गरी १६ जना छन् ।
यी हुन् कार्यपालिका सदस्यह
अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष सर्मिला विसुराल
वडा अध्यक्षहरु
तारा भण्डारी, द्रोण कडेल, ऋषिलाल श्रेष्ठ, सुरेन्द्र चेपाङ, गोबिन्द लामिछाने, भक्त ब तामाङ, बद्री जम्कट्टेल र देवराज ओझा
निर्वाचि दलित वा अल्पसंख्यक र महिलाबाट आयुष प्रजा, सनकबहादुर प्रजा, गंगा श्रेष्ठ, तारा लामा, फुलमायाँ लामा र मैया डल्लाकोटी