विश्व च्याम्पियन महेश महर्जनद्वारा धादिङबेसीमा फिटनेस सेन्टर उद्घाटन

Avatar photo
Dhadingpost
जेष्ठ ८, २०७९

धादिङ । धादिङबेसी स्थित मिलनटोलमा वर्ल्ड बडी बिल्डिङ च्याम्पियन महेश महर्जनले धादिङ फिट्नेस सेन्टर उद्घाटन गरेका छन् । विश्व विजेता महेश महर्जन जिम हाउस (फिटनेस सेन्टर) उद्घाटन गर्न धादिङबेसी आउने खवर सुनेपछि धादिङबेसीका अधिकांश युवाहरु उद्घाटन कार्यक्रममा सहभागी थिए ।

धादिङ फिट्नेस सेन्टर उद्घाटन कार्यक्रममा महर्जनले राजधानी सँग जोडिएको जिल्ला धादिङबेसीमा फिट्नेस सेन्टर उद्घाटन भएको छ हरेक व्यक्तिले निरोगी रहनको लागि शारीरीक व्यायम गर्न अत्यन्त आवश्यक रहेको बताएका थिए । युवाहरुमा लोकप्रिय हुँदै गएको जिम हाउसका रुपमा धादिङ फिटनेसलाई उपयोग गरि बडी बिल्डिङ तालिम सेन्टरको रुपमा लिन आग्रह गरेका थिए ।

धादिङका युवाद्वय मदिन मिया र सन्तोष श्रेष्ठले ७५ लाखको लगानीमा धादिङ फिट्नेस सेन्टर संचालन ल्याएका हुन् । उद्घाटन कार्यक्रममा नीलकण्ठ ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।