धादिङमा कम मतान्तरले जित्ने वडाध्यक्षहरु

Avatar photo
Dhadingpost
जेष्ठ ५, २०७९

धादिङ । धादिङमा सबैभन्दा कम मतान्तरले जित्ने वाडाध्यक्षमा बेनीघाट रोराङ गाउँपालिकाका भुवन त्रिपाठी र ज्वालामुखी गाउँपालिकाका राजु जोप्पा छन् । एमालेबाट बेनीघाट रोराङ ३ को वडाध्यक्षमा विजयी बनेका त्रिपाठीले ८५१ मत ल्याउँदै २ मतको अन्तर राख्दा कांग्रेसका ऋषिनाथ त्रिपाठी ८४९ मा रोखिएका थिए ।

यस्तै ज्वालामुखी २ मा आफ्नै पार्टीका बागी उम्मेदवारको समाना गर्नु परेका कांग्रेसका राजु लोप्पाले पनि माओवादीका अर्जुन शाही ठकुरीलाई ३ मतको अन्तरले पराजित गरेका छन् । लोप्पाले ६२० मत ल्याउदा उनको प्रतिद्वन्दी शाही ठकुरीले ६१७ मत ल्याएका थिए ।

गजुरी ३ मा पनि कडा प्रतिपर्धा भएको छ । कांग्रेसका ऋषिलाल श्रेष्ठले एकीकृत समाजवादीका उम्मेदवारशोभा प्रजालाई ४ भोटले हराएका छन् । श्रेष्ठले जितका लागि ४६९ मत ल्याएका थिए भने प्रजाको पक्षमा ४६५ मत आएको थियो ।

रुबीभ्याली ६ मा एकीकृत समाजवादीका सागर गुरुङले पनि राप्रपाका नरमान तामाङलाई ५ मतको अन्तरले हराए । गुरुङले ३१६ मत पाउँदा तामाङले ३११ मत ल्याएका छन् ।

बेनीघाट रोराङ ९ मा एमालेका देवीबहादुर खड्काले माओवादी केन्द्रका विनोद शाहलाई ७ भोटको अन्तरले पाजित गरेका छन् । खड्काले ६९३ मत ल्याउँदा शाह ६८६ मत ल्याए ।

यस्तै ज्वालामुखी १ मा एमालेका कृष्ण गिरीले कांग्रेसका इश्वर आलेमगरलाई ८ भोटको अन्तरले पराजित गरेका छन् । जितका लागि ५०२ मत गिरीले ल्याएका थिए भने आलेमगरले ४९४ मत ल्याएका छन् ।