
धादिङ । नेत्रावती डवजोङमा कांग्रेसले आफ्नो पकड जमाएको छ । नेत्रावती डवजोङको पालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडा कांग्रेसले जितेको छ । वडा नम्बर ४ भने एमालेले जित्दै क्लिनस्वीप हुनबाट जोगियो भने माओवादीले वडा समेत जित्न सकेन । यस्तै एकीकृत समाजवादीले पनि आफ्नो उपस्थिति देखाउन असर्मथ भयो ।
अध्यक्षमा मेघनाथ रिजालले २ हजार ५४२ मत प्राप्त गरे मत ल्याउँदै विजयी भए भने उनको निकटम प्रतिद्वन्दी माओवादी केन्द्रको नेतृ उर्मिला तामाङले १६८३ मत ल्याईन । यस्तै उप प्रमुखमा कांग्रेसबाटै सिता गुरुङले २ हजार ७८६ मत ल्याउँदै विजयी भईन भने उनको निकटम प्रतिद्वन्दी एमाललेका बिना कुमारी मम्मा तामाङले १६३३ मत ल्याईन ।
जिल्ला गठबन्धनले नेत्रावती डवजोङ माओवादीलाई दिने तयारी गरि रहेको थाहा पाए पछि नेत्रावती डब्जोङ कांग्रेसले छाडे विद्रोह गर्ने चेतावनी सहित गाउँ सभापतिले विज्ञप्ती जाी गरेका थिए । अन्तत मैत्रीपूर्ण ढंगले एकल चुनावमा जाने गठबन्धनका दलहरुले सहमति गरे सँगै कांग्रेस एक्लै चुनावी मैदानमा होमिएको थियो ।
टिकट वितरणमा चित्तनबुझे पछि टेकजंग लामाले उम्मेदवारी फिर्ता नगर्दा अफ्ठ्यारोमा परेको नेत्रावती डब्जोङ कांग्रेसको समस्या जिल्ला सभापति रामनाथ अधिकारी आफै गएर हल गरेपछि निर्वाचनको २ दिन अघि मात्रै टेकजंग लामाले पार्टीको आधिकारीक उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । यो सँगै एकढिक्का देखिएको कांग्रेसले नेत्रावती डवजोङमा आफ्नो पटक जमाएको हो ।
विजेता वडा अध्यक्षहरु
नेत्रावती डबजोङ १ ठाकुर गुरुङ, कांग्रेस
नेत्रावती डब्जोङ २ मिनबहादुर तामाङ, कांग्रेस
नेत्रावती डब्जोङ ३ मा सुरेश गुरुङ, कांग्रेस
नेत्रावती ४ मा तिल बहादुर गुरुङ, एमाले
नेत्रावती डवजोङ ५ मा हरि अधिकारी, कांग्रेस
