
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो जेठ २ गते नेपाल भ्रमणमा आउने भएका छन् ।
जेठ २ गते बुद्धपूर्णिमा (बुद्ध जन्मजयन्ती) का अवसरमा मोदीले विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने योजना छ । लुम्बिनीमा मायादेवी मन्दिरमा दुवै प्रधानमन्त्रीले दीप प्रज्वलन गर्ने कार्यक्रम छ ।
