एमालेले जिते स्थानीय तह पनि भङ्ग हुनसक्छ -प्रधानमन्त्री देउवा

Avatar photo
Dhadingpost
बैशाख २६, २०७९

कैलाली । धनगढीमा पाँच दलीय गठबन्धनले गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले एमाले विजयी भएको अवस्थामा प्रतिनिधिसभामात्रै नभएर प्रदेश र स्थानीय तह नै भङ्ग गर्न सक्ने बताएका छन् ।

‘ओलीजीको पार्टीलाई जिताउने भनेको संसद भङ्ग गर्न दिनु हो । त्यस्तो व्यक्तिलाई संसदमा ल्याउन हुन्न। एमालेमा ओलीले सबैलाई थर्काएर राखेका छन्’, उनले भने, ‘एमालेले जितेको खण्डमा संसद, प्रदेश, स्थानीय तह भङ्ग गर्न सक्छन् । त्यसैले कांग्रेस र तालमेल भएका ठाउँमा गठबन्धनलाई जिताउनुहोस् ।’

‘सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र माधवजीको पार्टीका मान्छेहरु सहभागी छन् । अहिलेको सरकारलाई बलियो बनाउन स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी छ,’ देउवाले भने, ‘ त्‍यसकारण गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउनुस् ।’