
धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले एक सूचना जारी गर्दै २१ विधाका खेलाडीहरुलाई प्रदेश खेल्न पठाउनु पर्ने भएकोले जिल्ला स्तरीय छनोटमा भाग लिन आव्हान गरेको छ ।
उक्त सूचनामा भनिएको छ- राष्ट्रिय खेलकुद परिषदको आयोजनामा जेष्ठ २१ देखि २८ गते सम्म हुन लागि रहेको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धादिङ जिल्ला स्तरीय प्रतियोगिता गरी छनोटद भएका खेलाडीहरुलाई बागमती प्रदेश स्तरीय छनोटमा पठाउनु पर्ने भउकोले बैशाख २९ गते भित्र खेलाडी दर्ता फारम भरि नाम दर्ता गराउन सूचना जारी गरिएको छ ।
सूचनामा उल्लेख गरिए गरिए अनुसार खोलाडी छनोट गरिने २१ विधाको खेलहरुमा टेवद टेनिस, जुडो, उसु, आईटिएफ, फु.कराते, कबडी, बास्केटबल, बुद्धिचाल, ह्याण्डवल, हक्की, रक्बी, पौडी, स्ब्वास, सेपाकताको, भरोक्तोलन, कुस्ती, सुटिङ, खो-खो, लङ टेनिस, गल्फ, सफ्टेलिस छन् । यी सबै खेलहरुमा महिला पुरुष दुबै टिम छनोट गरिने जनाईएको छ ।
छनोट प्रक्रियामा भाग लिन चाहाने खेलाडीले नाम दर्ता गर्न आउँदा साथमा नागरिकताको प्रतिलिपि वा जन्मदर्ताको प्रतिलिपि, पासपोर्ट साईजको ३ प्रति फोटो ल्याउनु पर्ने बताएका छन् ।




