गल्छी अध्यक्षका उम्मेदवार खतिवडाको चर्चा

Avatar photo
Dhadingpost
बैशाख २४, २०७९

धादिङ । एक जनाशालिन व्यक्तित्व, जसको अगाडी परेपछि रिसाएर आएको मानिस पनि उहाँलाई हेरेसी शान्त हुन्छ । कुनै आँकलन नभएर गल्छी गाउँपालिका अध्यक्षका उम्मेदवार केदार खतिवडाको वास्तविकता हो । गल्छी गाँपालिकाबासीले पंचायतकाल देखि पढेलेखेको नेतृत्व खोजिरहेको बेला उम्मेदवार यतिखेर पाएको छ ।

गल्छी गाउँपालिका कल्लेरी, गोगनपानीको आधा भाग र बैरेनी मिलेर बनेको छ । बैरेनी बासीले यस अघिको निर्वाचनमा उपाध्यक्ष उम्मेदवार राधा तिमल्सीनालाई मात्र पढेलेखेको र विकासको बुझाइ भएको नेतृत्व चुन्नपाएको थियो । यतिखेर गाउँपालिका अध्यक्ष उम्मेदवार २०४९ देखि कल्ल्ेरी गाविस अध्यक्ष हुनु भएर थोरै श्रोत हुँदा पनि राम्रो काम गर्न सफल व्यक्तिलाई एमालेले समृद्धिका लागि आवस्यक छ भनेर उम्मेदवार बनाएको छ ।

कल्लेरी गाविस वडा नम्बर ३ निवासी ५७ केदार खतिवडा ब्याचलरसम्मको अध्यायन पुरा गरेका छन् । २०३६ को बहुदल निर्दलको निर्वाचनमा बहुदलका लागि सक्रिय भएका खतिवडा २०३७ सालमा अनेरास्ववियुको तर्फबाट पद्मोदय हाइस्कुलमा स्ववियु सदस्य निर्वाचित भएका थिए ।

२०३८ सालमा एसएलसी उतिर्ण हुँदा देखि तत्कालिन माले पार्टीको सम्पर्कबाट राजनितिमा भूमिगत कार्यकर्ता उनी काठमाण्डौमा कोठा भाडामा बस्दा हालमा एमाले नेताहरु धेरै उहाँको कोठामा बसेर राजनितिक योजना बनाउने गरेको र आफूले राजनितिमा सक्रिय हुन पाएको बताउँछन् ।

२०४३ मा गाउँ पंचायतको उपयोगको निति अनुसार जनपीक्षय उम्मेदवार कल्लेरी गाउँ पंचायतबाट उठाएर दरिलो जिम्मेवारी पुरा गरेका खतिवडा त्यति खेर जनपक्षिय उम्मेदवारले जित्ने अवस्था आएपछि चुनाव दोहोर्याइएको थियो । २०४६ को आन्दोलनमा सहभागि भएछि उनी गाउँ फर्किए । गाउँमा आएपछि गाउँबासीले रुचाएको मान्छे पढेलेखेको नेतृत्व पाएपछि २०४९ को स्थानीय निर्वाचनमा एमालेको तर्फबाट गाविस अध्यक्ष निर्वाचितसमेत भएका थिए ।

त्यतिखेर गाउँविकास समितिमा सरकारले रकम नपठाउने गरेपनि गाउँविकास समितिमा पैसा नभएपछि खासै काम गर्न नसकिएको तर एमालेको ९ महिने सरकार आएपछि गाउँगाउँमा विकासको लहर ल्याएको अनुभव छ । आफ्नो गाउँआफैँ बनाउँ कार्यक्रममा गाउँबासी विकासका लागि आफैँ काममा निस्केको अनुभव छ । त्यतिखेर थोरै रकम धेरै काम गर्न सकिएको थियो ।

२०५४ को निर्वाचनमा समेत गाविस अध्यक्ष निर्वाचित भएपछि धेरै काम भयो । सडक, विद्यालय, खानेपानीआदी सार्वजनिक काममा जनताको सहभागितामा गरेपछि पनिचर्चामा छन्, उनी अहिले नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षपदको उम्मेदवार हुन् ।

नेकपा एमालेमा जिल्ला कमिटि सदस्य समेत भइसक्नु भएका खतिवडा पुनरसंरचना पछि गाउँपालिका कमिटि अध्यक्ष रहनु भएको छ । आफू निर्वाचित भएमा गल्छीको विकासका लागि सडकलाई गुणस्तरीय बनाउने, रिङरोडको लागि काम अघि बढाउने, एकघरएक धारापुरा गर्ने, सामाजिक सुरक्षाभत्ता जनताको घर घरमा पुर्याउने, कृषिलाई आधुनिकिकरण गर्ने, अव्यवस्थित खानी व्यवस्थीत बनाउने लगायतका कार्यक्रम गाउँपालिका अध्यक्ष उम्मेदवार खतिवडाले अघि सारेका छन् ।