रुबीभ्यालीमा गठबन्धनका उम्मेदवार घर दैलोमा, आज ८ घण्टा हिडेर लापा पुग्दै

Avatar photo
Dhadingpost
बैशाख २२, २०७९

धादिङ । धादिङको रुबीभ्यालीमा सत्ता गठबन्धनका उम्मेदवार तथा नेताहरु यतिबेला साझा उम्मेदवारहरु जिताउन घरदैलो अभियानमा छन् । अभियान कै लागि काठमाडौं पोखरा लगायतका ठाउँहरुमा रहेको माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताहरु रुबीभ्याली पुगेका छन् ।

सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामसिंङ तामाङ पालिका अध्यक्षका उम्मेदवार छन् भने उपाध्यक्षको उम्मेदवारमा कांग्रेसका फे लामा तामाङ छन् । तीन दलिय गठबन्धनको टोली आज घर दैलो गर्दै लापा पुग्दैछ । एक बस्तीबाट अर्को बस्ती पुग्न घण्टौं पैदल यात्रा गर्नुपर्ने यस गाउँपालिकामा प्रचार अभियानमा हिडेका नेता तथा कार्यकर्ताहरुलाई प्रत्येक गाउँमा खाजा र खादाले स्वागत गरेको पाईएको छ ।

बिहान ताङ्चेतबाट हिडेको ३ दलिय गठबन्धनको उम्मेदवार सहित नेता तथा कार्यकर्ताहरुलाई तचेतका स्थानीयले खाजा खुवाएर स्वागत गरेका थिए । आज ८ घण्टाको लामो यात्रा तय गदै लापा हिडेको घर दैलो टोलीलाई कचेतका स्थानीयहरुले खाना खुवाएर स्वागत गरेका थिए ।

हाम्रा सहकर्मी प्रदिप तामाङका अनुसार टोली अझै केहि घण्टाको यात्रा पछि मात्रै लापा पुग्ने छ । बाटोमा जति पनि घरहरुमा गठबन्धनको नेता तथा उम्मेदवार पुगे अधिकांश स्थानीयहरुले भोट हाल्न सिकाउन आग्रह गरेको र यो पटक गठबन्धनलाई भोट दिने प्रतिबद्धता जनाएको बताईएको छ ।

राप्रपाको केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री बुद्धिमान तामाङको जन्मभुमी रुबीभ्याली राप्रपाको पकट क्षेत्रको रुपमा चित्रित छ । गठबन्धनको दरिलो उपस्थितिको सामना गर्न केन्द्रिय सदस्य समेत भैसकेका गोम्बा घलेलाई राप्रपाले मैदानमा ल्याएको छ ।

यस्तो छ रुबीभ्यालीमा गठबन्धनको उम्मेदवार भागबण्डा
पालिका अध्यक्ष -रामसिङ तामाङ
उपाध्यक्ष -फे लामा तामाङ
वडा नम्बर १
अध्यक्ष पम्पर तामाङ कांग्रेस
सदस्यहरु, काले थापा तामाङ, विनि लामा तामाङ, कल्पना तामाङर रसमाया कामी
वडा नम्बर २
अध्यक्ष रुपा घले एकीकृत समाजवादी
सदस्यहरु, काले घले माओवादी, धन तामाङ माओवादी, धनसिं तामाङ कांग्रेस, सर्कीनी विक कांग्रेस

वडा नम्बर ३,
अध्यक्ष रिकलामा तामाङ एकीकृत समाजवादी
सदस्यहरु, तासिङ् तामाङ माओवादी, बलमायाँ कामी माओवादी, विन्जा तामाङ कांग्रेस, प्रिति तमाङ कांग्रेस
वडा नम्बर ४
अध्यक्ष विपिन तामाङ माओवादी,
सदस्यहरु ख्यासङ तामाङ, सितामायाँ काकी, रनमायाँ तामाङ र अनिता मायाँ गुरुङ
वडा नम्बर ५
अध्यक्ष रम्बा तामाङ कांग्रेस, दर्जाङ तामाङ माओवादी, आशा दुधराज माओवादी, रिल बहादुर तामाङ एकीकृत समाजवादी र धन तामाङ एकीकृत समाजवादी
वडा नम्बर ६
अध्यक्ष समिर गुरुङ एकीकृत समाजवादी
सदस्यहरु, देउती विक कांग्रेस, अनिसा गुरुङ माओवादी, रम्पा तामाङ माओवादी र कुल बहादुर गुरुङ कांग्रेस