धादिङमा पहिलो दिन १२१ ले उम्मेदवारी दर्ता गराए

Avatar photo
Dhadingpost
बैशाख १२, २०७९

धादिङ । जिल्ला निर्वाचन कार्यालय धादिङले दिएको जनाकारी अनुसार मनोनयन दर्ताको पहिलो दिन हिजो (आईतबार) धादिङमा १२१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

हिलो दिन खनियाबासमा १३ जना, गजुरीमा ९ जना,, ज्वालामुखीमा १ जना,, त्रिपुरासुन्दरीमा ७ जना,, थाक्रे गाउँपालिकामा १८ जना,, धुनिवेशीमा ८ जना,, बेनिघाट रोराङमा ३१ जना, रुविभ्यालीमा २ जना, र सिद्धलेकमा ३२ जना गरि १२१ जनाले मनोनयन दर्ता गराएका हुन्।

आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि आईतबार र सोमबार मनोनयन गर्ने मिती तोकिएको छ । अब हिजो मनोनयन दर्ता नगरेकाहरुले आज दर्ता गर्न सक्नेछन् ।