
धादिङ । धादिङमा नेकपा एमाले ०७४ सालको स्थानीय तहको निर्वाचनमा एक्लैले ८ पालिकामा जित हाँसिल गरेको थियो । जसमा दुई पालिकाका प्रमुखहरु एकीकृत समाजवादीमा रहेका छन् ।
सत्ता गठबन्धनको केन्द्रले तय गरेको मापदण्ड अनुसार सत्ता गठबन्धन रहकेका दलका प्रतिनीनिधिहरु रहेका पालिका र वडा त्यहि पार्टीले लिने छन् । यसो हुँदा धादिङको नीलकण्ठ नगरपालिका, खनियाबास र ज्वालामुखी स्वतः कांग्रेसको भागमा परेको छ भने, धुनीबेसी र गल्छी एकीकृत समाजवादीको भागमा र बेनीघाट रोराङमा माओवादी केन्द्रको भागमा परेको छ ।
अब बाँकी रहेका एमालेका जनप्रतिनीधि रहेको ६ वटा र राप्रपाले जितेको १ वटा पालिका (रुबीभ्याली, गंगाजमुना, त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, सिद्धलेक, गजुरी र थाँक्रे) भने कुन दलले कुन कुन पालिका लिन भन्ने बहस सत्ता गठबन्धनममा सुरु भएको छ ।
कांग्रेसले ०७४ को निर्वाचनका सत्ता गठबन्धन बाहिरका दलले जितेको र दोस्रो पोजिसन सत्ता गठबन्धनका जुनदलको छ त्यहि दलले पाउनु पर्ने बताएको छ भने नेकपा एसले एमालेले जितेका ठाउँहरु आफूहरुलाई दिँदा जितमा सहज हुने बताएको छ ।











