जिल्ला फुटबल संघ धादिङको निर्वाचन बैशाख ४ गते हुने

Avatar photo
Dhadingpost
चैत्र २५, २०७८

धादिङ । जिल्ला फुटबल संघ (एन्फा) धादिङको वार्षिक साधारण सभा तथा अधिवेशन बैशाख ४ गते हुने भएको छ ।

यस अघि फागुन २३ गते हुने भनिएको जिल्ला अधिवेशन, केन्द्रले विधान संशोधन पूर्व जिल्ला अधिवेशन नगर्न सूचना जारी गरेपछि स्थगित एन्फा धादिङको निर्वाचन बैशाख ४ गते हुने भएको हो ।

एन्फा धादिङका महासचिव रामहरि थापाले बताए अनुसार बैशाख २ गते उम्मेदवारी दरखास्तको कार्यक्रम, ३ गते दावी विरोध र फिर्ताको कार्यक्रम हुनेछ भने ४ गते नयाँ कार्य सिमिका लागि निर्वाचन हुनेछ ।

यस अधिवेशनमा धादिङका ११ वटा क्लवहरु धुनीबेसी युवा क्लव, इन्द्राणी युवा क्लव, गलौंदी युवा क्लव, धादिङ समाज धादिङ, अरुणेदय युवा क्लव, न्यु स्टार युवा क्लव, पञ्चकन्या युवा क्लव, विद्यार्थी उपकार संघ, भद्रकाली सामुदायीक विकास समाज, गजुरी सामुदायीक विकास समाज र ब्वाईज युनाईटेडले भोटिङ मान्यता पाउने छन् ।

अध्यक्ष दिपक खतिवडाले धादिङपोष्ट सँग कुरा गर्दै भने धादिङको फुटबल विकासको लागि काम गरे कै छु फुटबल क्लवका साथीहरुले तपाई नै अध्यक्ष हुनुपर्छ भनि रहेका छन् । सायद फेरि अध्यक्ष मै होला उनले भने ।