
धादिङ । धादिङमा रहेका सत्ता गठबन्धनका दलहरुको चुनावी रणनीति तय गर्न गल्छी गाउँपालिका स्थित गल्छी बैरेनीमा बैठक सुरुभएको छ ।
नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्षमा सुरुभएको सत्ता गठबन्धनको उक्त बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका मुख्य नेताहरुको उपस्थिति हरेको छ ।
बैठकले स्थानीय तहको चुनावमा कसरी तालमेल गर्ने भन्ने विषयमा छलफल गर्ने बताईएको छ ।
