
धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका ३ सेमजोङ स्थित वाका खेल मैदान गैरामा चैत्र २२ गते देखि जारी १२ औं वाका कप पुरुष फुटबल प्रतियोगिता बैशाख १ गते सम्म हुनेछ ।
छार वाका राहा युवा क्लवको आयोजनामा सुरुभएको १२ औं वाका कप पुरुष फुटबल प्रतियोगिता अन्तरगत आज चौंथो दिन चार खेलहरु हुने बताईएको छ । आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार आज निम्न खेलहरु हुने छन् ।
१. बिहान ९ बजे
डवजोङ क्षेत्र संरक्षण यसवा क्लव सेमजोङ vs फलाटे युवा क्लव बी
२. बिहान ११ बजे
डुप्चे युवा क्लव vs कल्लबारी
३.दिनको १ बजे
किमताङ युवा क्लव vs छार वाका राहा युवा क्लव ए
४. दिनको ३ बजे
ग्रीन हेपन त्रिशुली vs न्यु टुडी मैबल
१ लाख २५ हजार प्रथम, ६० हजार द्वितिय, फेमिफाईनल पुग्ने टिमलाई १५ हजार पुस्कार रहेको छ । प्रतियोगितामा ३१ टिमले भाग लिएका छन् ।
धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो । समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बड्दो छ ।
यस ठाउँको प्रचार-प्रसारको लागि छार वाका राहा युवा क्लव सेमजोङले हरेक वर्ष गर्दै आएको संयोजक तामाङले बताए । ११ औं वाका कपमा १ लाख ११ हजार पुरस्कार थियो यसलाई १२ औंमा बढाएर १ लाख २५ हजार पुर्याएका छौं संयोजक तामाङले बताए । गत वर्ष सम्पन्न ११ औं वाका कप पनि चैत्र ११ गते बाटै सम्पन्न भएको थियो र उक्त प्रतियोगिताको फाईनल खेलमा चौतारा युवा समाज (टिम B) ले डबजोङ क्षेत्र संरक्षण युवा क्लव (टिम A) लाई २ गोलले पराजित गर्दै उपाधी हात पारेको थियो ।


