धादिङका धनबहादुर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता खेल्न वीरगञ्ज जाँदै

Avatar photo
Dhadingpost
चैत्र २३, २०७८

धादिङ । नेपाल तेक्वान्दो संघ पर्साले यही चैत २५ र २६ गते वीरगञ्जमा आयोजना गरेको पर्सा अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपका लागि धादिङबाट धनबहादुर गुरुङले सहभागिता जनाउने भएका छन् ।

अगामी १४ औँ साग गेम र १९ औँ एशियन गेम इन्डोनेशियालाई समेत मध्यनजर गर्दै तेक्वान्दो संघ पर्साले आयोजना गरेको उक्त प्रतियोगितामा नेपालका, भारत तथा बगंलादेश गरी १७ टीम सहभागी हुने नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीले धादिङपोष्टलाई जानकारी दिए ।

धादिङका तेक्वान्दो खेलाडी ५० केजी तौल समुहमा प्रतिपस्र्धा गर्ने छन् । उनी यस अघि जिल्ला, बागमती प्रदेश छनोट हुँदै राष्ट्रिय छनोट खेल खेली सकेका खेलाडी हुन् । नेपाल तेक्वान्दो संघले आयोजना गरेको राष्ट्रिय खेलाडी छनोट खेलमा उनले कास्य पदक जितेका थिए ।