एमाले उपाध्यक्ष बादल आज धादिङबेसी आउँदै

Avatar photo
Dhadingpost
चैत्र २१, २०७८

धादिङ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादल आज धादिङबेसी आउने कार्यक्रम रहेको नेकपा एमाले धादिङले जनाएको छ ।

स्थानीय चुनाव प्रचार प्रसारको क्रममा एमाले कार्यकर्तालाई प्रशिक्षण दिन बादल धादिङबेसी आउने कार्यक्रम रहेको बताईएको छ ।

उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री बादल धादिङबेसी आउने भए सँगै प्रेस चौतारी नेपाल धादिङले आज ११ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।