धादिङका राम-लक्ष्मणको जोडी नेपा ब्याडमिण्टनमा उपविजेता बने

Avatar photo
Dhadingpost
चैत्र १७, २०७८

धादिङ । नेपाल युवा क्लव टोखा नगरपालिका काठमाडौले आयोजना गरेको दोस्रो नेपा उपमेयर ब्याडमिण्टन प्रतियोगितामा धादिङका राम-लक्ष्मणको जोडी उपविजेता बनेको छ ।

निश्चल खत्री र सृजन पोखरेलको टिमलाई सेमिफाईनलमा पराजित गर्दै फाईनल प्रवेर गरेका धादिङका राम-लक्ष्मणको जोडिले त्रिभुवन आर्मी क्लवका खेलाडीहरु सँग परिजित हुँदै उपविजेतामा रोकिएका थिए ।

चैत्र १५ गते बाट सुरुभएको यस प्रतियोगितामा पुरुष डबल, सी क्याटोगोरी र डी क्याटोगोरी स्थानीय गरी तीन समुहमा खेलाईएको थियो । पुरुष डबल तर्फ धादिङको राम-लक्ष्मणको जोडिले दोस्रो हुँदै २० हजार नगद हातपारेको थियो ।