
काठकाडौं । एएफसी कप छनोट–२०२२ को प्ले अफमा मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न श्रीलंकाको ब्लु स्टार फुटबल क्लब आज नेपाल आउँदैछ ।
ब्लु स्टारले मछिन्द्रसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ। मछिन्द्र र ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुनेछ। यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ। खेल अप्रिल १२ मा हुनेछ ।
मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो। अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोटको मौका गुमाएको थियो ।
यस पटक भने मछिन्द्रले क्लब लाइसेन्स प्राप्त गरिसकेको छ। मछिन्द्रसहित मनाङ, त्रिभुवन आर्मी र एपीएफले क्लब लाइसेन्स पाएको छ ।
