धादिङ तीन स्वर्ण सहित तृतिय

Avatar photo
Dhadingpost
चैत्र १२, २०७८

धादिङ । नुवाकोटको श्री ग्राम सेवा तेक्वान्दो डोजाङले म्यागङ गाउँपालिका ५ सामरीमा आयोजना गरेको प्रथम म्यागङ बागमती प्रदेश आमन्त्रण तेक्वान्दो प्रतियोगितामा ३ स्वर्ण सहित धादिङ तृतिय भएको छ ।

धादिङबाट विभिन्न तौल समुहमा १६ जना खेलाडीले भाग लिए थिए । बागमती प्रदेश भित्रका जिल्लाहरु सहभागि उक्त प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ५ कास्य पदक सहित धादिङ जिल्ला तृतिय भएको धादिङ टिम कोच प्रदिप गिरीले धादिङपोष्टलाई बताए ।

नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष समेत रहेका धादिङका टिम कोच गिरीका अनुसार, धादिङका लागि प्रमिला तामाङ, धनबहादुर गुरुङ र सुरेश तामाङले स्वर्ण पदक, आशिका तामाङ, सुमि विश्वकर्मा र अनमोल गुरुङले रजत, आशिष कुमाल, पवन तामाङ, प्रिसेन्ट सिंखडा, अमिक्क्षा गुरुङ र नविन कुमालले कास्य पदक जितेका छन् ।

नुवाकोटमा चैत्र ११ र १२ गते दुई दिन सम्म चलेको यस प्रतियोगितामा धादिङबाट निम्न खेलाडीहरु सहभागि थिए ।
पुरुष तर्फ
Suresh Tamang, 32-35 Kg
Santosh Kumal, 32-35
Raju Tamang, 39-43 Kg
Prisent Simkhada, 39-43 Kg
Dhan B. Gurung, 44-49 Kg
Pawal Tamang, 50-55 Kg
Hari kumal, 50-55 Kg
Ankit Tamang, 50-55 Kg
Nabin Kumal, 55-58 Kg
Ashik Gurung, 58-63 Kg
Anmol Gurung, 58-63 Kg
महिला तर्फ
Sumi Bishwokarma, 28-31 Kg
Yamikshya Grg, 35-39 Kg
Ashika Tamang, 40-43
Shanti Kumal, 46-49 kg
Parmita Tamang,49-53 Kg
टिम कोचः प्रदिप गिरी