धादिङ । संविधान सभा सभासद एबं ने क पा एमाले धादिङका उपाध्यक्ष धन बहादुर घलेले २०७९ सालको स्थानीय तह चुनाब नजिकिंदै गर्दा धादिङमा एमाले र माओवादी केन्द्र बीच चुनावी तालमेल हुने बताएका छन् ।

भूगोल र अवस्था हेरी धादिङका केहि स्थानमा माओवादी केन्द्र बीच तालमेल हुने धादिङ पोष्टका संवाददाता सन्दिप स्याम्चेन सँग बताएका हुन् ।
आगामी बैशाख ३० गते हुनगइरहेको स्थानीय चुनावमा एमाले र माओवादी एउटै कम्युनिष्ट धार भएकोले र जनता अझै कम्युनिष्ट पार्टीलाई नै मन पर्ने हुँदा मिलेर जाँदा उपयुक्त हुने भनाई रहेको छ ।
बिगतमा एमाले- माओवादीले बिजय गरेका पालिकाहरुमा जनतामा विकासका उपलब्धि महसुस भएको, भ्रष्टाचारमा कमी रहेको र काँग्रेस र अन्य दलले जितेका पालिकाहरुमा प्रकृयागत भ्रष्टाचार देखिएकोले, काँग्रेससंग जनता रुष्ट भएको उनकाे तर्क छ।
